बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

निर्वाचन आयोगले भोली देखी स्थानीय तह निर्वाचनको मतपत्र ढुवानीको काम सुरु गर्ने

निर्वाचन आयोगले भोली देखी स्थानीय तह निर्वाचनको मतपत्र ढुवानीको काम सुरु गर्ने

काठमाडौं । निर्वाचन आयोगले बैशाख १३ गते (भोली)बाट स्थानीय तह निर्वाचन २०७९ को मतपत्र ढुवानीको काम सुरु गर्ने भएको छ । निर्वाचन आयोग, नेपालले सोमबार आयोजना गरेको नियमित पत्रकार भेटघाट कार्यक्रममा सो जानकारी गराइएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ८० प्रतिशत मतपत्र छपाईको काम सकिएको र बाँकि मत पत्रको पनि छपाई कार्य जारी रहेको बताउनु भयो । उहाँका अनुसार हालसम्म ६८ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार मत पत्र छपाई सकिएको छ ।

निर्वाचन आयोगले एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरेको छ । आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सम्बन्धित सबै पक्षलाई पनि सचेत गराएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित तथा पारदर्शी बनाउन आयोगले सो आह्वान गरेको उल्लेख गर्दै उनले निर्वाचन आचारसंहिताको पूर्ण पालना नगर्ने राजनीतिक दल तथा उम्मेदवारहरुमाथि निर्वाचन कसुर अनुसार कारबाही हुने चेतावनी पनि दिए ।

निर्वाचन आयोगले हालसम्म निर्वाचनको पर्यवेक्षणका लागि ६८ वटा संस्थाहरुले अनुमति लिएको पनि जनाएको छ । ती संस्थाका करिव २० हजार पर्यवेक्षकहरुलाई आयोगको परिचय पत्रसहित मतदान केन्द्रहरुमा परिचालन गरिने पनि आयोगका प्रवक्ता पौडेलले बताए ।

निर्वाचन आयोगले आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठ र सहन्यायाधिवक्ता गुरु वाग्लेलाई निर्वाचन सूचना सम्प्रेषण अधिकारी पनि तोकेको छ । आयोगका प्रवक्ता र सहप्रवक्ताको अतिरिक्त उनिहरुलाई पनि निर्वाचनको सूचना दिनका लागि निर्वाचन सूचना सम्प्रेषण अधिकारी तोक्नु परेको प्रवक्ता पौडेलले बताए ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend