logo

२०८१ मंसिर १९ बुधबार

logo
  • बुधबार, १९ मंसिर २०८१
  • जनतालाई पार्टीगत विभाजित नगर्ने भन्दै गाउँ भेलाबाटै चुन्यो ओलाङचुङगोलाले जनप्रतिनिधि

    जनतालाई पार्टीगत विभाजित नगर्ने भन्दै गाउँ भेलाबाटै चुन्यो ओलाङचुङगोलाले जनप्रतिनिधि

    3.9K
    Shares

    ताप्लेजुङ । देशभर उम्मेदवारी मनोनयन र टिकटको लागि माारामार चलिरहेका बेला चीनसँगको सीमावर्ती ओलाङचुङगोलाबाट भने गाउँ भेलाले जनप्रतिनिधि चयन गरेको छ । उम्मेदवारी मनोनयनको औपचारिक प्रक्रियाबाहेक गाउँको भेलाले वडाध्यक्ष र सदस्य सर्वसम्मत चयन गरेका हुन् ।

    ताप्लेजुङको फक्तालुङ गाउँपालिका वडा नम्बर ७ मा पर्ने ओलाङचुङगोलाको वडाध्यक्ष छेतेन शेर्पा चुनिएका छन् भने सदस्यहरूमा टासी शेर्पा, वाङ्ग्या शेर्पा, फुपुल्हामु श्रेष्ठ र विपना तुम्बाहम्फे विक चयन भएका छन् ।

    गाउँमा एमाले र कांग्रेस दुवै पक्षले उम्मेदवारी दिने तयारी गरेका थिए । तर, पार्टीगत रूपमा जनतालाई विभाजित नगर्ने भन्दै उनीहरूले बाँडेर सर्वसम्मति गरेका हुन् । वडाध्यक्षमा चयन भएका शेर्पा एमालेमा आबद्ध छन् ।

    वडाध्यक्ष छेतेन शेर्पा भोटेका अनुसार गाउँलेहरूले चयन गरेका उम्मेदवार बाहेक यस वडामा अरु कोही पनि व्यक्तिले उम्मेदवारी दिएका छैनन् । साथै उनीहरूविरुद्ध वडाका कसैले पनि उम्मेदवारी दर्ता नगर्ने सहमति भएको भोटेले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend