logo

२०८१ जेष्ठ ३ बिहिबार

logo
  • बिहिबार, ३ जेष्ठ २०८१
  • भक्तपुरको चार वटा नगरमा मेयर र उपमेयर गरी आठ पदका लागि ५२ जनाको उम्मेवारी दर्ता

    भक्तपुरको चार वटा नगरमा मेयर र उपमेयर गरी आठ पदका लागि ५२ जनाको उम्मेवारी दर्ता

    7.1K
    Shares

     

    काठमाडौं । भक्तपुरको चार वटा नगरपालिकाहरुमा मेयर र उपमेयर गरी कुल आठ पदका लागि ५२ जनाको उम्मेदवारी परेको छ । त्यसमा पनि मेयर चार पदका लागि अत्याधिक वढी ३५ जनाको उम्मेदवारी परेको छ । उपमेयर चार पदका लागि १७ जनाको मात्रै उम्मेदवारी परेको छ । यहाँं विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी यी उम्मेदबारी दर्ता भएका हुन् ।

    जिल्ला निर्वाचनको कार्यालय भक्तपुरले जनाए अनुसार मेयरमा सवैभन्दा वढी मध्यपुर थिमिमा ११ जनाको उम्मेदवारीरी परेको छ । सवैभन्दा कम भने सूर्यविनायक नगरपालिकामा ७ जनाको मात्रै उम्मेदवारी परेको छ ।

    मेयर पदका लागि भक्तपुरमा आठ जना र चाँंगुनारायणमा नौ जनाको उम्मेदवारी परेको छ । यहाँं नेपाली कांग्रेससहितका सतारुढ गठबन्धन, नेकपा एमाले र नेपाल मजदुर किसान पार्टी प्रमुख शक्तिका रुपमा रहेका छन् । साथै पछिल्लो पटक राप्रपाको पनि चाँंगुनारायण नगरपालिका क्षेत्रमा प्रभाव छ ।

    नेपाली कांग्रेसले भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा सुरेन्द्र श्रेष्ठ, सूर्यविनायकमा निशान ढुंगेल, चाँगुनारायणमा जीवन खत्री र भक्तपुर नगरपालिकामा राम कासुलालाई मेयरको उम्मेदवार उठाएको छ ।

    त्यसैगरी कांग्रेसले चाँगुनारायण नगरपालिकामा उपप्रमुख सुभद्रा काफ्लेलाई उम्मेदवार बनाएको छ । सतारुढ गठबन्धनकोबीचमा भक्तपुर, मध्यपुर थिमि र सूर्यविनायकमा गठबन्धन दलका अरु पार्टीलाई दिने सहमति भए अनुसार उम्मेदबार परेको छ ।

    यसैगरी नेकपा एकिकृत समाजवादीलाई भक्तपुर र सूर्यविनायक नगरपालिकाको उपप्रमुख दिने गठबन्धन दलबीच सहमति भए अनुसार भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिकामा उम्मेदवारी परेको छ ।

    यता एमालेले मध्यपुर थिमिमा मदनसुन्दर श्रेष्ठलाई प्रमुख र उत्तरा नेपाललाई उपप्रमुख उठाएको छ । यसरी नै सूर्यविनायकमा वासुदेव थापा प्रमुख र सरिता भट्टराई उपप्रमुख, भक्तपुरमा रविन्द्र लाछिमस्यु प्रमुख र रञ्जना खर्बुजा उपप्रमुख र चाँगुनारायणमा बिना बाँस्तोला प्रमुख र रमेश बुढाथोकी उपप्रमुखमा उठाएको छ ।

    मदनसुन्दर मध्यपुर थिमिका हालका प्रमुख हुन् भने बासुदेव सूर्यविनायक नगरपालिकाका हालका प्रमुख हुन् । विना चाँंगुनारायण नगरपालिकाका हालका उपप्रमख हुन् । उनीहरु तिनैजना एमालेबाट विजयी भएका थिए ।

    यता भक्तपुरमा बलियो प्रभाव भएको नेपाल मजदुर किसान पार्टी ९नेमकिपा० ले भक्तपुर नगरपालिकामा पुरानै अनुहार दोहयाएको छ । नेमकिपाले प्रमुखमा सुनिल प्रजापति र उपप्रमुखमा रजनी जोशीलाई उठाएको छ ।

    नेमकिपाबाट मध्यपुर थिमि नगरपालिकामा मेयरमा आशाहरि प्रजापति, उपमेयरमा दीक्षा बाडे श्रेष्ठ, चाँंगुनारायण नगरपालिकामा प्रमुखमा केशव तिमल्सिना, उपप्रमुखमा कल्पना लामालाई उठाएको छ । यस्तै उक्त पार्टीबाट सूर्यविनायक नगरपालिकाको प्रमुखमा श्याम बिसंखे र उपप्रमुखमा चनमति खुलिमुलीलाई उम्मेदवार बनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend