सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

धनगढी उपमहानगरपालिकामा प्रमुखमा दश र उपप्रमुखमा सात जनाको उम्मेदवारी दर्ता

धनगढी उपमहानगरपालिकामा प्रमुखमा दश र उपप्रमुखमा सात जनाको उम्मेदवारी दर्ता

कैलाली । सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढी उपमहानगरको प्रमुखमा १० जना र उपप्रमुखमा ७ जनाको उम्मेदवारी दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सत्तारुढ गठबन्धन, नेकपा एमालेसहितका अन्य दल र स्वतन्त्रबाट गरि प्रमुख–उपप्रमुखमा कुल १७ जनाको उम्मेदवारी दर्ता भएको छ।

धनगढी उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट प्रमुखमा नेपाली कांग्रेसका नृपबहादुर वड र उप प्रमुखमा नेकपा माओवादी केन्द्रका शान्तिकुमारी अधिकारीको उम्मेदवारी परेको छ।

एमालेका तर्फबाट प्रमुखमा रणबहादुर चन्द र उपप्रमुखमा कन्दकला राना थारुको उम्मेदवारी परेको छ।

धनगढीमा गठबन्धनका दल र नेकपा एमालेलाई टक्कर दिन व्यवसायी गोपाल हमालले प्यानलसहित प्रमुखमा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन् ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend