शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

स्थानीय तह निर्वाचनका लागि तनहुँका दशै पालिकामा उम्मेदवारी दर्ता, यी हुन् उम्मेदवार

स्थानीय तह निर्वाचनका लागि तनहुँका दशै पालिकामा उम्मेदवारी दर्ता, यी हुन् उम्मेदवार

दमौली । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आज तनहुँका दशै पालिकामा उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी मनोनयनको आज दोस्रो दिन जिल्लाका चार नगरपालिका र छ गाउँपालिकामा उम्मेदवारी दर्ता भएको हो ।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपालगायत दलहरूले आज सबै पालिकामा उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसबाट व्यास नगरपालिकाको प्रमुखमा वैकुण्ठ न्यौपाने र उपप्रमुखमा इन्दिरा दरैको उम्मेदवारी परेको छ ।

भानु नगरपालिकाको प्रमुखमा आनन्दराज त्रिपाठी, उपप्रमुखमा उमा गोतामे, बन्दीपुर गाउँपालिकाको अध्यक्षमा धु्रवलाल प्रधान, उपाध्यक्षमा सविता गुरुङ, आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा गिरबहादुर थापा, उपाध्यक्षमा पवित्रा गौली, देवघाटको अध्यक्षमा तिलबहादुर थापाको उम्मेदवारी परेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend