
मलङ्गवा । बिहेमा लुटाइएको चक्कलेट टिप्न जाँदा सर्लाहीको बसबरिया गाउँपालिकामा एक बालिकाको मृत्यु भएको छ । सर्लाहीको बसबरिया गापा–४ धनगढामा आज चक्लेट टिप्न जाँदा डिजेसहितको रथले किचिएर गोडैता नगरपालिका–१० सिसौटिया निवासी प्रेम पण्डितको करिब ७ वर्षीया छोरी लक्ष्मी पण्डितको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसबरिया गापाको धनगढा निवासी भागिरथ राय कुर्मीको छोरा विकेश राउतको बिहेमा आज साँझ लुटाइएको चक्लेट टिप्ने क्रममा बालिकाको रथले किचिएर मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए । मृतक बालिका धनगढास्थित आफ्नो मामा घर आएको बेलमा दुर्घटनामा परेको हो । डिजे रथ प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार भएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend