logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • एक सुर एक तालमा पार्टीलाई जिताउन कार्यकर्तालाई ओलीको आह्वान

    एक सुर एक तालमा पार्टीलाई जिताउन कार्यकर्तालाई ओलीको आह्वान

    6K
    Shares

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी मनोनयन र टिकट वितरणमा कहिँ कतै बेठीक पनि भएको भन्दै त्यसको समीक्षा चुनावपछि हुने बताएका छन् ।

    मंगलबार मनमोहन स्मृति दिवसको कार्यक्रममा अध्यक्ष ओलीले आफूले टिकट नपाएकै कारण बागी विद्रोही गर्ने वा क्षणिक आबेग उत्तेजनामा आउने चरित्र एमालेको नभएको बताए । उनले एमालेका कार्यकर्तालाई एक सुर एक तालमा पार्टीलाई जिताउन आह्वान गरे ।

    ओलीले भने, ‘क्षणिक आबेग उत्तेजनामा आउनु हुँदैन । संयम र धैर्य नै एमालेको चरित्र हो । एकमन एकताका साथ एमालेका देशभरका कार्यकर्ता उभिनुपर्छ । अहिले मनोनयन दर्ताका सम्बन्धमा ,सबै ठाउँमा ठिकै भएको नहुन सक्छ, बेठीक पनि भएको होला । तर, अहिले आवेग उत्तेजनामा आउने होइन, अपराधिक गठबन्धनलाई हराउने हो ।’

    पार्टीप्रति निष्ठावान र बफादार छु भन्ने तर वडाध्यक्ष वा सदस्यको टिकट नपाएपछि बागी विद्रोही गर्ने, अर्को पार्टीमा जाने प्रवृति एमालेमा नसुहाउने ओलीले बताए । उनले उपयुक्त समयमा सबैका असन्तुष्टिको सम्बोधन गरिने आश्वासन समेत दिएका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend