बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

इन्द्रसरोवर गाउँपालिकामा एमालेका दुई वडा सदस्य निर्विरोध निर्वाचित

इन्द्रसरोवर गाउँपालिकामा एमालेका दुई वडा सदस्य निर्विरोध निर्वाचित

काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा नेकपा एमालेका दुईजना वडा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । उक्त गाउँपालिकामा दलित महिलातर्फ दुईजना वडा सदस्यमा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो ।

एमालेबाट दलित महिला सदस्य पदमा मनोयन दर्ता गराएकी उक्त गाउँपालिका–१ की लक्ष्मी दमाइँ, र सोही गाउपालिका वडा नं ४ की सावित्रा सुनार निर्विरोध निर्वाचित भएको बताइएको छ । ती वडामा अन्य कसैको पनि उम्मेदवारी नपरेकाले उनिहरु निर्विरोध निर्वाचित भएका हुन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend