logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • जुत्ता चप्पल व्यापार प्रवद्धन मेला बैशाख १५ गते देखि जेठ ८ गतेसम्म हुने

    जुत्ता चप्पल व्यापार प्रवद्धन मेला बैशाख १५ गते देखि जेठ ८ गतेसम्म हुने

    9.9K
    Shares

     

    काठमाडौं । स्वदेशी उत्पादित जुत्ताको प्रयोग बढाउनको लागि भन्दै जुत्ता चप्पल व्यापार प्रवद्धन मेला २०७९ हुने भएको छ । बैशाख १५ गते देखि जेठ ८ गतेसम्म फुटवेयर म्यानुुफ्याक्चरर्स एशोसिएसन अफ नेपाल जुत्ता चप्पल व्यापार प्रवद्धन मेला काठमाडौंको भृकुटीमडण्पमा गर्ने लागेको हो ।

    फुटवेयरले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी स्वदेशी उत्पादित जुत्ताको प्रयोग बढाउनको लागि तथा जुत्ता चप्पल व्यापार प्रवद्धन गर्नको लागि मेलाको आयोजना गर्न लागेको जानकारी दिएको हो । पत्रकार सम्मेलनका फुटवेयरमा अध्यक्ष नानीराज घिमिरेले अहिले बजार बैंकिङ तरलता अभाव तथा अर्थतन्त्रमा नै संकट देखिएकाले अर्थतन्त्र सुधार गर्न सहयोग पुग्ने अपेक्षाले व्यापार मेलाको आयोजना गरिएको बताए । उनले व्यापार प्रवद्धन व्यापार मेलाले उद्योगी व्यवसायीहरुलाइ थोरै भए पनि राहत मिल्ने आशा रहेको बताए ।

    त्यस्तै, फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालका उपाध्यक्ष रुद्र प्रसाद न्यौपानेले पछिल्लो समय जुत्ता चप्पल उद्योगी व्यवसायीहरुले धेरै समस्या भोगि रहेकाले आर्थिक रुपमा चलायमान बनाउनको लागि मेला आयोजना गरिएको बताए । उनले राज्य र उपभोत्ताको चुनावी माहोलमा ध्यान मेलामा होस भनेर व्यापार मेला गर्न लागिएको पनि बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend