logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • गठबन्धनका उम्मेदवारमा पुरुष बढी

    गठबन्धनका उम्मेदवारमा पुरुष बढी

    5.9K
    Shares

    बागलुङ । सक्षम भएर पनि महिलाहरु स्थानीय तहको मुख्य पदमा आउनबाट रोकिएका छन् । गठबन्धनका नाममा उनीहरु उम्मेदवारी दिनबाटै वञ्चित हुनु परेको हो । सत्ता गठबन्धन दलबाट यहाँ एकजना मात्र महिला स्थानीय तहको प्रमुखमा उम्मेदवार छन् ।

    बडिगाड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका तर्फबाट गण्डकी थापा अधिकारी चुनावी मैदानमा हुनुहुन्छ । सो गठबन्धनबाट बाँकी नौवटा स्थानीय तहका प्रमुख/उपप्रमुखमा पुरुष उम्मेदवार छन् । राजनीतिमा महिला सहभागिता बढाउन संवैधानिक रुपमै स्थानीय तहको प्रमुख या उपप्रमुखमा महिला हुनुपर्ने व्यवस्था भए पनि गठबन्धनका कारण महिलाको प्रतिनिधित्व खुम्चने भएको हो । जसले गर्दा कतिपय दलका महिला नेत्रीहरुमा असन्तुष्टि बढेको छ । पार्टीले टिकट नदिएपछि नेपाली कांग्रेसको प्रदेश महाधिवेशन प्रतिनिधि उषा पौडेलले सोमबार नेकपा (एमाले)बाट जैमिनी नगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिएका थिए ।

    कांग्रेसबाट पहिले जैमिनीको प्रमुखमा दाबी गरिरहनुभएका हरिहर शर्माले उपप्रमुखको टिकट ल्याएपछि पौडेल रुष्ट बनेका थिए । उम्मेदवारी दर्तापछि उनले महिलाहरुले सक्दैनन् भनेर कांग्रेसले पाखा लगाएपछि आफूले एमाले राजेको प्रस्टीकरण दिनुभएको थियो । जैमिनीको प्रमुखमा सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका नरबहादुर पुन उम्मेदवार बन्नुभएको छ । जिल्लाकै जेठो नगरपालिका बागलुङमा पनि पाँचदलीय गठबन्धनबाट प्रमुखरउपप्रमुख दुवैमा पुरुष उम्मेदवार छन् ।

    नेपाली कांग्रेसबाट वसन्तकुमार श्रेष्ठले प्रमुख र नेकपा (माओवादी केन्द्र)बाट राजु खड्काले उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् । गलकोट र ढोरपाटन नगरपालिकामा पनि सत्ता गठबन्धनबाट पुरुष उम्मेदवार नै हाबी भएका छन् । गलकोटमा नेपाली कांग्रेसबाट भरत शर्मा गैरे प्रमुख र नेकपा (माओवादी केन्द्र)बाट फमलाल निउरे उपप्रमुखको उम्मदवार छन् । ढोरपाटनको प्रमुखमा माओवादी केन्द्रका तर्फबाट चन्द्र अर्याल प्रमुख र नेपाली कांग्रेसबाट धनबहादुर कायत ‘कल्याण’ उपप्रमुखमा उम्मेदवार बनेका छन् ।

    निसीखोला गाउँपालिकामा नेपाली कांग्रेसका सूर्यबहादुर घर्तीले अध्यक्ष र माओवादी केन्द्रका प्रेम घर्तीले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । तमानखोला गाउँपालिकामा नेपाली कांग्रेसका तर्फबाट जोकलाल बुढा अध्यक्ष र नेकपा (एकीकृत समाजवादी)बाट तारानाथ श्रीपाली उपाध्यक्षको उम्मेदवार बनेका छन् । यस्तै, बरेङ गाउँपालिकामा राष्ट्रिय जनमोर्चाबाट कृष्ण पौडेल अध्यक्ष र नेपाली कांग्रेसका दिलीप पुन उपाध्यक्षको उम्मेदवार हुनुहुन्छ । ताराखोला गाउँपालिकामा माओवादी केन्द्रका धनबहादुर विक ‘हिमाल’ले अध्यक्ष र नेपाली कांग्रेसका भीमबहादुर रोकाले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

    काठेखोला गाउँपालिकामा नेपाली कांग्रेसका राजु थापा अध्यक्ष र राष्ट्रिय जनमोर्चाका तिलक पुन उपाध्यक्षको उम्मेदवार छन् । बडिगाड गाउँपालिकामा सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवारका रुपमा राष्ट्रिय जनमोर्चाका भीमसेन वनले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । यसरी सत्ता गठबन्धन दलका तर्फबाट १० स्थानीय तहका २० प्रमुखरउपप्रमुख पदमा १९ जना त पुरुष उम्मेदवार मात्र चुनावी प्रतिस्पर्धामा उत्रेका छन् । त्यस गठबन्धनबाट स्थानीय तहको प्रमुखमा एक्ली महिला उम्मेदवारका रुपमा रहनुभएकी अधिकारीलाई भने नेपाली कांग्रेसले पुनः टिकट दिएर उम्मेदवार बनाएको हो ।

    उनि विसं २०७४ को चुनावमा नेकपा (एमाले)का मेहरसिंह पाइजासँग बडिगाड गाउँपालिकाको अध्यक्षमा पराजित हुनुभएको थियो । यता पाँचदलीय गठबन्धनको सामना गरिरहेको नेकपा (एमाले)ले भने नौ स्थानीय तहको उपप्रमुखमा महिला उम्मेदवारलाई उठाएको सो पार्टीका प्रचार विभाग प्रमुख गणेश पौडेल ‘चन्द्र’ले जानकारी दिए ।

    राप्रपासँग तालमेलका कारण बागलुङ नगरपालिकाको उपप्रमुखमा भने एमालेको उम्मेदवार छैन । एमाले–राप्रपा गठबन्धनबाट राप्रपाका सञ्जय खड्का उपप्रमुखको उम्मेदवार बनेका छन् । यहाँ पनि गठबन्धन नै कारण उपप्रमुखमा महिलाको उम्मेदवारी नपरेको हो । एक्लै चुनावमा जाने हकमा एमाले पवित्रा रोकालाई उपप्रमुखको उम्मेदवार बनाउने तयारीमा थियो । एमालेले जैमिनी नगरपालिकाको प्रमुखमा लीला राना, उपप्रमुखमा उषा पौडेल, बडिगाड गाउँपालिकाको अध्यक्ष राजन पाइजा, उपाध्यक्षमा मीना रायमाझी, काठेखोला गाउँपालिकाको अध्यक्षमा डिलबहादुर कार्की, उपाध्यक्षमा कोपिला पुनलाई उम्मेदवार बनाएको छ ।

    यस्तै एमालेबाट बरेङ गाउँपालिकाको अध्यक्षमा प्रदीप थापा र उपाध्यक्षमा दुर्गा कार्कीले उम्मेदवारी दर्ता गराउनुभएको छ । ढोरपाटन नगरपालिकाको प्रमुखमा देवकुमार नेपाली र उपप्रमुखमा करमती पुन उम्मेदवार बन्नुभएको छ । ढोरपाटनमा यसअघिका प्रमुखरउप्रमुख दुवैलाई एमालेले दोहो¥याएको हो ।

    एमालेले तमानखोला गाउँपालिकामा देवेन्द्र छन्त्याल अध्यक्ष, टेकमती विक उपाध्यक्ष, ताराखोला गाउँपालिकाको अध्यक्षमा ऋषिराम रोका, उपाध्यक्षमा थममाया घर्ती र गलकोट नगरपालिकाको प्रमुखमा पूर्ण काउचा र उपप्रमुखमा रुपा विकलाई उम्मेदवार बनाएको छ । निसीखोला गाउँपालिकामा एमालेबाट भूमिराज घिमिरे अध्यक्ष र भोटु चन्द उपाध्यक्षको उम्मेदवार बनेका छन् । केही साना दल र स्वतन्त्रबाट पनि महिलाहरुले मुख्य पदमा उम्मेदवारी दिएका छन् ।

    नेकपा (माले)का तर्फबाट मञ्जु क्षेत्री र नेपाली कांग्रेस (विपी)बाट धना आचार्यले बागलुङ नगरपालिकाको प्रमुखमा उम्मेदवारी दर्ता गराउनुभएको छ । नेपाली कांग्रेसले टिकट नपत्याएपछि गलकोट नगरपालिकाको प्रमुखमा मञ्जु शर्मा चालिसेले स्वतन्त्र हैसियतमा उम्मेदवारी दिएका छन् ।

    कांग्रेसले पहिलेका नगरप्रमुख भरत शर्मा गैरेलाई पुनः उम्मेदवार बनाएपछि महिलाबाट गलकोटको प्रमुखमा दाबी गरिरहेका चालिसे, नगर उपप्रमुख रेणुका काउचालगायत पछि परेका छन् ।


    रासस
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend