logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • काठमाडौंमा शङ्कास्पद २२ चिनियाँ नागरिक पक्राउ

    काठमाडौंमा शङ्कास्पद २२ चिनियाँ नागरिक पक्राउ

    6.1K
    Shares

    काठमाडौं । अध्यागमन विभागले शङ्कास्पद अवस्थाका २२ चिनियाँ नागरिकमाथि अनुसन्धान थालेको छ । व्यापारिक भिसामा आएर अन्य गतिविधि गरेको आशङ्कामा उनीहरुमाथि अनुसन्धान थालेको विभागका अध्यागमन अधिकृत मनोहर थापाले जानकारी दिए ।

    अन्य २१ जनाको व्यापारिक भिसा रहेको फेला परेको र एक जना भने भिसा सकिएको पाइएको उनले जानकारी दिए । उनका अनुसार केही दिनअघि नियन्त्रणमा लिइएका उनीहरुलाई आवश्यक पर्दा उपस्थित हुने गरी छाडिएको र अनुसन्धान भने जारी रहेको छ ।

    भिसा सकिएकाको हकमा डिपोर्टको प्रक्रिया थालिएको र अन्यले व्यापार गरे/नगरेको विषयमा अनुसन्धान भइरहेको विभागले जनाएको छ ।


    रासस
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend