logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • बर्दियामा स्थानीय तहको निर्वाचनमा ससुरा–बुहारी र श्रीमान–श्रीमतीको उम्मेदवारी

    बर्दियामा स्थानीय तहको निर्वाचनमा ससुरा–बुहारी र श्रीमान–श्रीमतीको उम्मेदवारी

    7.2K
    Shares

    बर्दिया । बर्दियामा स्थानीय तहको निर्वाचनमा राजापुर नगरपालिकामा एउटै पार्टीबाट श्रीमान–श्रीमतीले प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नगरपालिकाको प्रमुखमा राममणि उपाध्यायले उम्मेदवारी दिंदा उनकी श्रीमती सम्झना उपाध्यायले उपप्रमुखमा उमेदवारी दिएकी छन् ।

    त्यस्तै ससुरा–बुहारी र श्रीमान–श्रीमती उम्मेदवार बनेका छन् । फरक राजनीतिक दलबाट गेरुवा गाउँपालिकाको उपाध्यक्षमा बुहारी र वडाध्यक्षमा ससुरा उम्मेदवार बनेका हुन् ।


    नेकपा माओवादी केन्द्रबाट वडा नम्बर–३ को अध्यक्षमा बलबहादुर थारु उमेदवार बनेका छन् । उनकी जेठी बुहारी लक्ष्मीकुमारी चौधरी भने नेपाली कांग्रेसबाट पालिकाको उपाध्यक्षमा उमेदवार बनेकी हुन् ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend