logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा छ: उपाध्यक्ष अञ्जन श्रेष्ठ

    मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा छ: उपाध्यक्ष अञ्जन श्रेष्ठ

    8K
    Shares

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताएका छन् । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट पुर्वको छलफल कार्यक्रममा बोल्दै उपाध्यक्ष श्रेष्ठले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताएका हुन् ।

    उनले अर्थतन्त्रको वर्तमान चुनौतीको समाधान सरकारले आगामी बजेट मार्फत गर्न सक्नु पर्ने बताए । उपाध्यक्ष श्रेष्ठले अहिलेको अर्थतन्त्रको चुनौती समस्या समाधान उत्पादन र उत्पादकत्व बढाउनु नै भएको बताए । विदेशी मुद्रा सञ्चिति कम भएको भन्दै केही बस्तुको आयात प्रतिबन्ध गरेको तर आयात प्रतिस्थापन गर्ने सरकारले केही कदम नचालेको श्रेष्ठले बताए । उनले सरकारले मुलुकलाई आत्मनिर्भर बनाउने बताएर पनि कुन वस्तु वा उत्पादनमा आत्मानिर्भर बन्ने स्पष्ट योजना बनाउनु पर्ने आवश्यकता रहेको बताए ।

    कुनै पनि उद्योगहरु उत्पादनशिल र अनुत्पादक भन्ने नहुने भन्दै उपाध्यक्ष श्रेष्ठले राज्यले त्यस्तो सोच्न नहुने बताए । उनले अब सरकारले लिने भ्याटको दर घटाउनु पर्ने बताए । जनयुद्ध बेला राजश्व बढाउनु पर्ने भन्दै बढाएको ३ प्रतिशत भ्याट अब १० प्रतिशत बनाउनु पर्ने माग राखे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend