logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • स्थानीय तह निर्वाचन: चार गुणा बढी उम्मेदवारी

    स्थानीय तह निर्वाचन: चार गुणा बढी उम्मेदवारी

    2.5K
    Shares

    काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि आवश्यक पदभन्दा चार गुणा बढी उम्मेदवारी परेको छ ।

    देशका ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २ सय ७६ नगरपालिका र ४ सय ६० गाउँपालिका गरी कुल ७ सय ५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि १ लाख ५० हजार ५ सय ९८ जनाको उम्मेदवारी परेको हो । मंगलबार रातिसम्म पनि निर्वाचन आयोगले उम्मेदवारको विवरण रुजु गर्ने कार्य जारी राखेको थियो ।

    निर्वाचन आयोगका अनुसार मंगलबार रातिसम्म नगर प्रमुखमा ३ हजार ४ सय ६६ जना र उपप्रमुखमा २ हजार १ सय ३६ जनाको उम्मेदवारी रुजु भएको छ । यसैगरी अध्यक्षमा ३ हजार ३ सय ७८ जना र उपाध्यक्षमा २ हजार ३ सय ९२ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ ।

    यसैगरी ६ हजार ७ सय ४३ वडाको वडा अध्यक्ष पदका लागि ३४ हजार ९ सय ५८ जनाको उम्मेदवारी दर्ता भएको आयोगले बताएको छ ।

    यस्तै, महिला सदस्यमा २६ हजार ८४, दलित महिला सदस्यमा २३ हजार ४ सय ८२ र सदस्यमा ५४ हजार ७ सय २ जनाको उम्मेदवारी परेको आयोगले भनेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend