काठमाडौं । नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक आज (बुधबार) बस्दैछ । बैठक सानेपास्थित नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यलयमा दिउँसो ४ बजे बस्ने तय भएको हो ।
बैठकमा सत्तारूढ गठबन्धनको चुनावी तालमेल अनुसार स्थानीय तहमा उम्मेद्वारी परे नपरेकोबारे छलफल गर्ने पार्टीका सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।
गठबन्धनका दलहरुबीच भएको सहमति अनुसार उमेदवारी दर्ता नभएका स्थान र पार्टीको तर्फबाट स्वतन्त्र तथा वागी उम्मेदवारी परेका तहहरूमा जिल्लासँग समन्वय गरेर फिर्ता लिने प्रयास गरिने उनले बताए ।