काठमाडौं । सत्तारुढ गठबन्धनले स्थानीय निर्वाचनमा चुनावी तालमेल नभएका नगर र गाउँपालिकामा सिट बाँडफाँटका लागि प्रदेश र जिल्ला संयन्त्रलाई बैठक राख्न निर्देशन दिएको छ ।
आइतबार विहान प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको बैठकले सिट बाँडफाँटको समझदारीका लागि आवश्यक कार्य निर्देशन दिएको हो ।