बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

किशोरी, महिलाहरूलाई राति पनि ढुक्कसँग हिँड्न सक्ने सुरक्षाको व्यवस्था बनाउँछु: सिर्जना सिंह

किशोरी, महिलाहरूलाई राति पनि ढुक्कसँग हिँड्न सक्ने सुरक्षाको व्यवस्था बनाउँछु: सिर्जना सिंह

 

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसको तर्फबाट उमेदवार रहेकी सिर्जना सिंहले काठमाडौंलाई २४ घण्टा खुल्ने सहर बनाउने बताएकी छन् । उनले आज (बुधबार) नेपाल तरुण दलले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै यस्तो बताएकी हुन् ।

उमेदवार सिंहले आफू विजयी भएमा काठमाडौंलाई किशोरी, महिलाहरूलाई राति पनि ढुक्कसँग हिँड्न सक्ने सुरक्षाको व्यवस्था गर्ने बताइन् । “मैले चुनाव जितेपछि पर्यटकीय हिसाबले काठमाडौलाई घुम्न जाऔँ भन्ने सहर बनाउँछु,” उनले भनिन्, “प्रदूषित हैन, स्वच्छ सहर बनाउनु मेरो प्राथमिकता रहनेछ ।” उनले काठमाडौंलाई स्वच्छ मात्र नभई सुरक्षित सहर पनि बनाउने बताईन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend