logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • भ्याएको बेला ओलीलाई बालकोटमै गएर ट्युसन पढाउँछु : गगन थापा

    भ्याएको बेला ओलीलाई बालकोटमै गएर ट्युसन पढाउँछु : गगन थापा

    9.4K
    Shares

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन् ।
    बुधबार पार्टीको सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा कांग्रेस महामन्त्री थापाले ओलीले कांग्रेसको घोषणापत्र विषयवस्तुमा चुनौती दिन नसकेको तर आफ्नो आलोचना देखेपछि आक्रोशित भएको बताए ।

    ‘उहाँलाई आफ्नो प्रशंसाको एकालाप सुन्ने बानी भएको हो । एक पछि अर्को झुटको पर्दाफास गरेपछि उहाँले सहन सक्नुभएन’ उनले भने । महामन्त्री थापाले एमाले अध्यक्ष ओलीलाई तर्क (लजिक) मन नपर्ने र जादु (म्याजिक) मात्र मन पर्ने भन्दै कांग्रेसको घोषणापत्रमा लजिक मात्र भएकाले मन नपरेको बताए । ‘केपी ओलीलाई लजिक मन पर्दैन, म्याजिक मन पर्छ । हामीले लजिक राखेका छौं, म्याजिक छैन ।’

    ओलीले कांग्रेसले आफ्नो समृद्ध नेपाल सुखी नेपालीको नारा चोरेको आरोप लगाएको भन्दै थापाले ओलीले भनेको समृद्धि र कांग्रेसले भनेको समुन्नतिमा धेरै भिन्नता रहेको बताए । ‘अलिकति भ्याएको बेला बालकोट गएर ट्युसन पढाउँछु । समृद्धिको आइडिया चोरेर लगिदेला भनेर अनिदो नबस्नु समृद्धि तपाईंकै आइडिया हो’ उनले भने ।

    थापाले अघि भने, ‘तपाईंको समृद्धिमा अहंकारको भ्यूटावर छ । हाम्रो समुन्नतको आइडियामा भ्यूटावरबाट देखिने मान्छेको दुख हल गर्ने उपाय छ ।’

    आफूहरुको घोषणापत्रले एमाले अध्यक्ष केपी शर्मा ओलीको झुटलाई चुनौती दिएकाले पागल भनेको टिप्पणी गरेका छन् ।
    ओलीले आफ्नो झुटलाई च्यालेन्ज गर्नेलाई विगतमा पनि पागल भनेको भन्दै थापाले भने, ‘उहाँको झुटलाई च्यालेन्ज गर्नेलाई पागल भन्नुहुन्छ ।’

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend