ललितपुर । ललितपुर कांग्रेसले आफ्ना बागी उम्मेदवारलाई तत्काल उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ ।
बुधबार जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा ललितपुर सभापति जितेन्द्रकुमार श्रेष्ठले बागी उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिए ।
उनका अनुसार, ललितपुरका केही स्थानीय तहमा जिल्ला संयन्त्रको सहमतिभन्दा फरक स्थिति देखा परेको पनि बताए । ललितपुरको बागमती गाउँपालिकामा वीरबहादुर लोप्चनको उम्मेदवारीविरुद्ध वडाध्यक्षमा विष्णु तिमल्सिनाले बागी हालेका छन् । उपप्रमुखमा डोलकेशर दाहालले पनि वागी उम्मेदवारी दर्ता गरेका छन् ।
यसैगरी, महाकाल गाउँपालिकामा कांग्रेसका गणेश केसीविरुद्ध गठबन्धनकै दल माओवादी केन्द्रका भगिरथ तिमल्सिनाले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।