logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • जिम्बाब्वेसँग हुने शृंखलाका लागि नेपाली क्रिकेट टोलीले थाल्यो अभ्यास

    जिम्बाब्वेसँग हुने शृंखलाका लागि नेपाली क्रिकेट टोलीले थाल्यो अभ्यास

    5.3K
    Shares

    काठमाडौं । शनिबारदेखी कीर्तिपुर मैदानमा जिम्बाब्वेको ए टोलीसँग हुने तीन एक दिवसीय र तीन ट्वान्टी–२० शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधबारबाट प्रशिक्षण सुरु गरेको छ ।

    नेपाल क्रिकेट संघ (क्यान) ले जिम्बाबेविरुद्ध हुने एकदिवसीय र टी ट्वान्टी शृंखलाका लागि बोलाएका २३ खेलाडीलाई समावेश गर्दै बुधबारबाट प्रशिक्षण थालेको हो । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा टोलीले पहिलो दिन बुधबार ब्याटिङ पक्षलाई ध्यान दिँदै प्रशिक्षण गरेको थियो ।

    यस अघि मंगलबा टोली त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा फिटनेसको अभ्यास गरेको थियो । राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेसँगै टोलीलाई बन्द प्रशिक्षण सुरु गरिएको हो ।

    कीर्तिपुर स्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने शृंखलामा क्यानले यस अघि सन्दीप लामिछानेको कप्तानीमा दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ सेख, रोहित पौडेल, बिनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, किशोर महतो, अदिल अन्सारी, भिम सार्की, सुसन भारी, पवन सरार्फ, अभिनाश बोहरा, बासिर अहमद, लोकेश बम, विवेक यादव, साहब आलम, सागर ढकाल, बिक्रम सोब र सुनिल धमलालाई समेटेर टोली घोषणा गरेको थियो ।

    जसमा बसिर अहमदले पहिलो पटक स्थान बनाएका छन भने सुनील धमलाले लामो समयपछि कमब्याक गरेका छन । आयोजक नेपालले भ्रमणकारी टोली जिम्मेबाब्वे ए टोलीसँग तीन एकदिवसीय र तीन ट्वान्टी–२० शृंखला खेल्दै छ । यही टिमबाट खेलको दिन सुरुवाती ११ छनोट गरिने क्यानले जनाएको छ ।

    शृंखला वैशाख १७ गते बाट सुरु हुँदै छ । १० दिनसम्म चल्ने सिरिजमा जिम्बावेका राष्ट्रिय टोलीमा रहेका खेलाडीको समेत सहभागिता रहने छ । एक दिवसीय शृंखला वैैशाख १७ देखि २१ सम्म चल्ने छ भने ट्वान्टी–२० बैशाख २३ देखि २६ सम्म सञ्चालन हुने तालिका रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend