
विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले राजीनामा दिएका छन् । पराजुलीले बुधबार उपप्रमुखसमक्ष राजीनामा बुझाएका हुन् ।
उनले राजीनामा पत्रमा उल्लेख गरेका छन्, ‘आसन्न निर्वाचनमा पार्टीको प्रचारप्रसार तथा निर्वाचनसम्बन्धी विविध गतिविधिमा सहभागी हुनुपर्ने भएको हुँदा वर्तमान अवस्थामा वहाल रहेको प्रमुखको पदमा रहिरहन नैतिकताको आधारमा उपयुक्त नदेखिएकोले नेपालको संविधानको धारा २९६ को उपधारा (क) बमोजिम मिति २०७९/१/१४ देखि लागु हुनेगरी आफ्नो पदबाट राजीनामा दिएको छु ।’
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend