logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • स्थानीय तहको निर्वाचनका लागि देशभरबाट १ लाख ५२ हजार ५४२ जनाको उम्मेदवारी

    स्थानीय तहको निर्वाचनका लागि देशभरबाट १ लाख ५२ हजार ५४२ जनाको उम्मेदवारी

    7K
    Shares

    काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरुको करिब अन्तिम संख्या प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । ३५ हजार २२१ पदका लागि आइतबारदेखि बुधबार साँझसम्म आयोगको सूचना प्रणालीमा कूल १ लाख ५२ हजार ५४२ जनाले मनोनयन दर्ता गराएको विवरण प्राप्त भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनाए ।

    ‘एक–ढेड सय उम्मेदवारको संख्या बढ्न सक्छ किन भने कर्णालीबाट केही तथ्यांक अपडेट गर्न बाँकी छ। नत्र अब यो तथ्यांक नै मनोनयन दर्ता गर्नेहरुको अन्तिम तथ्यांक हुनेछ’, प्रवक्ता पौडेलले भने ।

    निर्वाचन आयोगका अनुसार प्रमुख पदका लागि ३ हजार ४९६, उपप्रमुख पदका लागि २ हजार १५७ जनाले निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएको छ। त्यसैगरी अध्यक्ष पदमा ३ हजार ३८७, उपाध्यक्ष पदमा २ हजार ४०१ जनाले उम्मेदवारी दिएका छन्।

    ३५ हजार २८४ जनाले वडा अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन्। महिला वडा सदस्य पदका लागि २६ हजार ४६८, दलित महिला सदस्यका लागि २३ हजार ८५९, सदस्य पदमा ५५ हजार ४९१ जनाले उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ।

    आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठल बुधबार अबेर रातिसम्म उम्मेदवारको अन्तिम तथ्याङ्क प्राप्त हुन्छ। प्राविधिक कारणले देशभरीबाट बिवरण आउने ढिला भएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend