logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • तरुण अध्यक्षको चुनावी योजना: ‘वान बूथ हन्ड्रेड युथ’

    तरुण अध्यक्षको चुनावी योजना: ‘वान बूथ हन्ड्रेड युथ’

    7.9K
    Shares

    काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले स्थानीय तहको निर्वाचनमा ‘वान बुथ हन्ड्रेड युथ’ अवधारणा ल्याउने बताएका छन् ।

    केन्द्रीय समितिले काठमाडौंमा आयोजना गरेको ‘वर्तमान अवस्थामा तरुण दलको भूमिका एवं बृहत तरुण भेला’ लाई सम्बोधन गर्दै अध्यक्ष्य गुरुङले केन्द्रीय समितिले ‘वान बुथ हन्ड्रेड युथ’ को अवधारणा ल्याउने बताएका हुन् ।

    उनले देशैभरिका आम तरुणहरुलाई नेपाली कांग्रेसका उम्मेद्वारलाई जिताउन क्रियाशील हुन निर्देशन दिएका छन् ।आम जनतालाई उनले लोकतन्त्र रोज्ने कि ओलीतन्त्र रोज्ने अब बेला भएको बताए ।

    उनले आफ्नो कार्यकालमा सबै तहको चुनावमा उम्मेदवारलाई विजयी गराइछाड्ने कशम खाए । सबै उपस्थित तरुणहरुलाई धन्यवाद दिँदै अध्यक्ष गुरुङले स्थानीय तहको गठबन्धनका उम्मेद्वारलाई जिताउन परिचालित हुनसमेत निर्देशन दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend