logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • उम्मेदवारी फिर्ता नलिने भरतपुरका बागीको अडान कायमै

    उम्मेदवारी फिर्ता नलिने भरतपुरका बागीको अडान कायमै

    4.4K
    Shares

    चितवन । भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका जगन्नाथ पौडेलले आफुले कुनैपनि हालतमा उम्मेदवारी फिर्ता नलिने बताएका छन् ।

    पौडेललाई फकाउन यतिवेला नेपाली कांग्रेका केन्द्रीय नेताहरु भरतपुर धाईरहेका छन् । उनको उम्मेदवारी फिर्ता गराउन गृहमन्त्री बालकृष्ण खाँणदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठसम्म चितवन पुगेका छन् ।

    श्रेष्ठले आज बिहान पौडेललाई उनकै निवासमा पुगेर भेटेर उम्मेदवारी फिर्ता लिइदिन आग्रह गरे ।
    तर पौडेलले भने उम्मेदवारी फिर्ता नलिने अडान अहिलेसम्म कायमै राखेका छन् ।

    राज्यमन्त्री श्रेष्ठलाई भेटिसकेपछि पौडेलले उम्मेदवारी फिर्ता नलिने बरु चुनाव चिह्न पाएपछि १७ गतेदेखि घरदैलो अभियान सुरु गर्ने बताए ।

    आफूले भन्दा गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालको उम्मेदवारी फिर्ता गराउँदा बढी न्याय हुने उनले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend