बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

भरतपुरका बागी उम्मेदवार पौडेललाई फकाउन गृहमन्त्री खाँण उनकै निवासमा

भरतपुरका बागी उम्मेदवार पौडेललाई फकाउन गृहमन्त्री खाँण उनकै निवासमा

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाँण, भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई फकाउन उनकै निवासमा पुगेका छन् ।

खाँणलाई प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले चितवन पठाएका हुन् । बुधबार साँझ जिल्लाका नेताहरुलाई भेटेर छलफल गरेका खाँण बिहीबार बिहान पौडेललाई भेट्न उनकै निवासमा पुगेका हुन् ।

त्यसअघि राज्यमन्त्री उमेश श्रेष्ठ पनि बागी उम्मेदवार पौडेललाई भेट्न पुगेका थिए । तर पौडेलले भने उम्मेदवारी फिर्ता नलिने अडान लिएका छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend