बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

आगामी चुनावमा उम्मेदवारको मुख नहेरी रुखलाई हेरेर मतदान गरौँ: महामन्त्री शर्मा

आगामी चुनावमा उम्मेदवारको मुख नहेरी रुखलाई हेरेर मतदान गरौँ: महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनमा कांग्रेसको उम्मेदवारको मुख नहेरी रुखलाई हेरेर मतदान गर्न नेता, कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस सुनापति गाउँपालिका केन्द्रीत चुनावी अभियानको भेलालाई सम्बोधन गर्दै महामन्त्री शर्माले कांग्रेसको उम्मेदवारहरुको मुख नहेरी रुख चिन्हमा मतदान गर्न नेता, कार्यकर्ताहरुलाई आग्रह गरेका हुन् ।

उनले जो–जो व्यक्ति भएको भएपनि रुख चिन्ह लिएर उठेको कांग्रेसको उम्मेदवार भएको उल्लेख गर्दै व्यक्तिमा असन्तुष्टि भएपनि कांग्रेस पार्टीलाई मत दिनुपर्ने बताए । उनले पार्टीलाई व्यवस्थित बनाउनका लागि आफुहरु लागिरहेको पनि बताए ।

महामन्त्री शर्माले दश वर्षमा देशलाई बिजुली बेचेर धनी बनाउने सपना कांग्रेसको रहेको बताए । उनले एमसीसी परियोजना सफल भएर दश वर्षमा हरेक नेपालीको चुल्होमा बिजुलीले खान पकाउन सक्ने अवस्था आउने पनि उल्लेख गरे । काठमाडौंको सडकमा डिजेल र पेट्रोलको गाडीहरुलाई बिस्थापित गरेर बिद्युतिय गाडी बिस्तार गरिने पनि उनको भनाई छ ।

महामन्त्री शर्माले नेपाली कांग्रेसलाई मतदान गर्ने मतदाताहरुलाई सुरक्षा दिदैँ मतदानस्थलसम्म लैजान युवाहरुलाई निर्देशन दिए । मतदान गरेर मात्रै कांग्रेसले नजित्ने भन्दै उनले सही रुपमा मतदान गर्न मतदातलाई सिकाउन र मतदान भइसकेपछि मत गणनामा चनाखो भएर बस्न पनि उनले आग्रह गरे ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend