बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

सिर्जना सिंह प्रकाशमानको श्रीमती भन्दा पहिले कांग्रेसको मान्छे हो : गगन थापा

सिर्जना सिंह प्रकाशमानको श्रीमती भन्दा पहिले कांग्रेसको मान्छे हो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगरपालिकाको मेयरका लागि सत्ता गठबन्धनले अघि सारेको उम्मेदवार सिर्जना सिंहलाई कुनै नेताको बुहारी अथवा श्रीमतीका रूपमा मात्रै चित्रण गर्न खोजे अन्याय हुने बताएका छन् ।

सिंहको चुनावी संकल्प सार्वजनिक समारोहमा महामन्त्री थापाले सिर्जना सिंह प्रकाशमानको श्रीमती भन्दा पहिले नेपाली कांग्रेसको मान्छे रहेको रूपमा बुझिनुपर्ने बताए । सिर्जनालाई बुहारी अथवा भाउजू त समाजले बनाएको उनको भनाइ छ ।

‘सिर्जनालाइ बुहारी, भाउजु त हामीले अनि हाम्रो समाजले बनाएको हो । उहाँ प्रकाशमानको श्रीमती भन्दा पहिला त पार्टीको मान्छे हो ।

प्रकाशमानको श्रीमती भएकै कारण उहाँले उम्मेदवारी पाउनु हुन्न भन्दा त अन्याय हुन्छ’, गगनले भने ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend