बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

सिमेन्ट प्लान्टमा कार्यरत कामदारहरुबीच झडप हुँदा आठ जनाको मृत्यु

सिमेन्ट प्लान्टमा कार्यरत कामदारहरुबीच झडप हुँदा आठ जनाको मृत्यु

काठमाडौं । मेक्सिकोको राज्य हिडाल्गोको सिमेन्ट प्लान्टमा कार्यरत कामदारका दुई विरोधी समूहबीच भएको झडपमा कम्तीमा आठ जनाको मृत्यु भएको छ । यसैगरी दुर्घटनामा परी अन्य ११ जना घाइते भएको गभर्नर ओमर फयादले बुधबार बताएका छन्।

‘आज बिहान, प्लान्टको प्रवेशद्वारमा कामदारहरूको दुई समूहबीच भएको आक्रमण बारेमा ९११ आपतकालीन सेवाहरूमा रिपोर्ट गरिएको थियो’, फयादले ट्विट गरेका छन्।

झडपमा संलग्न नौ जना कामदारहरूलाई हिरासतमा लिइएको छ।

यो झडप प्लान्टको प्रशासनको नियन्त्रणलाई लिएर कामदारहरू बीचको लामो समयदेखि चलिरहेको विवादसँग जोडिएको स्थानीय मिडियाले रिपोर्ट गरेको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend