logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • स्याङ्जाको तीन पालिका प्रमुखमा महिलाको उम्मेदवारी

    स्याङ्जाको तीन पालिका प्रमुखमा महिलाको उम्मेदवारी

    6.7K
    Shares

    स्याङ्जा । स्याङ्जामा तीन पालिका प्रमुख–अध्यक्षमा महिलाको उम्मेदवारी परेको छ । आसन्न स्थानीय तहको निर्वाचनमा जिल्लाका ११ पालिकामध्ये पुतलीबजार नगरपालिका, अर्जुनचौपारी र कालीगण्डकी गाउँपालिकाको प्रमुख/अध्यक्षमा महिलाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए ।

    पुतलीबजार नगर प्रमुखमा पुनः सीमाकुमारी क्षेत्री, अर्जुनचौपारी अध्यक्षमा चीनमाया गुरुङ र कालीगण्डकीको अध्यक्षमा माया रानाले उम्मेदवारी दिएका हुन् ।

    नेकपा (एमाले)बाट पुतलीबजार प्रमुखमा उम्मेदवारी दिएकी क्षेत्री यसअघिको निर्वाचनमा पनि नगरप्रमुख थिए । अर्जुनचौपारीको अध्यक्षमा उम्मेदवार दिकी गुरुङ यसअघिको निर्वाचनमा एमालेबाट उपाध्यक्षमा विजयी भएकी थिईन् । कालीगण्डकीको अध्यक्षमा उम्मेदवारी दिकी राना कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् ।

    यसअघिको निर्वाचनमा जिल्लाको पुतलीबजार नगरपालिकामा एमालेबाट क्षेत्रीले उम्मेदवारी दिई विजयी भएकी थिईन् भने यसपटकको निर्वाचनमा अन्य दुई पालिका प्रमुखमा महिला थपिएका छन् । पालिका उपप्रमुख, वडाध्यक्ष, वडा सदस्यमा पनि महिलाको उत्साहजनक उम्मेदवारी परेको मुख्य निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ । पाँच नगरपालिका र छ गाउँपालिका रहेको जिल्लामा ९७ वडा छन् ।

    कूल ५०७ जनाका लागि जिल्लामा तेब्बर बढीको उम्मेदवारी परेको छ । विभिन्न राजनीतिक दलबाट जिल्लामा एक हजार ५४७ जनाको उम्मेदवारी परेको छ । यसमा पालिका प्रमुख–अध्यक्षमा ६७, उपप्रमुख– उपाध्यक्षमा ५०, वडाध्यक्षमा ३५१, खुला सदस्य ५८०, महिला सदस्य २६५ र दलित महिला सदस्य २३४ गरी कूल एक हजार ५४७ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत पौडेलले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend