logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • खुल्ला पौडी प्रतियोगिता बैशाख २२ गतेदेखी हुने

    खुल्ला पौडी प्रतियोगिता बैशाख २२ गतेदेखी हुने

    7.5K
    Shares

     

    काठमाडौं । २४औं खुल्ला तथा उमेर समूह पौडी प्रतियोगिता बैशाख २२ र २३ गते हुने भएको छ । नेपाल पौडी संघले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बैशाख २२ र २३ गते हुने जनाएको हो ।

    प्रतियोगिता सातदोबाटो स्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुने आयोजकले बताएको छ । प्रतियोगितामा कुल २३ विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा महिला र पुरुष गरि करिब १ सय ५० जना खेलाडीको सहभागिता हुने संघले जनाएको छ ।

    दुई दिन चल्ने प्रतियोगिता हंगेरीमा हुने १९ औ विश्व पौडी प्रतियोगिता, नबौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरा र चीनमा हुने एसियन गेम्सलाई मध्यनजर गरेर आयोजना गर्न लागिएको पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जनाएको छ ।

    यस प्रतियोगिता १९ औं विश्व पौडी प्रतियोगिताको अन्तिम तथा एशियाली खेलको लागि पहिलो चरणको छनौट प्रतियोगिता समेत रहेको संघले जनाएको छ । प्रतियोगितामा राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीले नगद १० हजार प्राप्त गर्ने संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी गराए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend