logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • २ लाख ३० हजारभन्दा बढी विद्युतिय राहदानी जारी

    २ लाख ३० हजारभन्दा बढी विद्युतिय राहदानी जारी

    6.5K
    Shares

    काठमाडौं । सरकारले हालसम्म २ लाख ३० हजारभन्दा बढी विद्युतिय राहदानी जारी गरेको बताएको छ । बिहीबार परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले हालसम्म २ लाख ३० हजार ५२७ थान विद्युतिय राहदानी जारी भइसकेको जानकारी दिएका हुन् ।

    उनले ६९ जिल्ला प्रशासन कार्यालय, १४ वटा इलाका प्रशासन कार्यालय र २३ वटा कुटनीतिक नियोगहरुबाट विद्युतिय राहदानी जारी कार्य भइरहेको बताए । राहदानी सम्बन्धी कामलाई अझ व्यवस्थित बनाउन राहदानी विभाग र परराष्ट्र मन्त्रालय लागि परिरहेको उनले बताए ।

    उनले राहदानी विभागमा संग्रहालय स्थापना गर्ने कार्य अन्तिम चरणमा पुगेको पनि बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend