logo

२०८१ बैशाख २९ शनिबार

logo
  • शनिबार, २९ बैशाख २०८१
  • देशभर थप १५ जनामा कोरोना पुष्टि, १८ जना संक्रमण मुक्त

    देशभर थप १५ जनामा कोरोना पुष्टि, १८ जना संक्रमण मुक्त

    7.3K
    Shares

     

    काठमाडौं । नेपालमा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट देशभर ५ हजार ८७५ नमूनाको परीक्षण हुँदा बिहीबार १५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

    गत २४ घण्टामा ४ हजार ८८२ जनाको पीसीआर र ९९३ जनाको एन्टिजेन परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ । एन्टिजेन परीक्षणको तथ्याङ्कमा एसएमएस र ईमेलबाट प्राप्त नतिजाको विवरण समेत समावेश गरिएको छ ।

    पीसीआर परीक्षणबाट १५ जनामा संक्रमण पुष्टि भएको हो। एन्टिजेन परीक्षण गरेकाहरु सबैको रिपोर्ट नेगेटिभ आएको मन्त्रालयले जनाएको छ।

    गत २४ घण्टाको कोरोना संक्रमणबाट कसैको मृत्यु भएको विवरण प्राप्त नभएको मन्त्रालयले जानकारी दिएको छ। कोरोना संक्रमणबाट हालसम्म देशभर ११ हजार ९५१ जनाको मृत्यु भएको छ।

    मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरि १८ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्। देशभर हाल २४९ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ।ं


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend