logo

२०८१ बैशाख ३० आइतबार

logo
  • आइतबार, ३० बैशाख २०८१
  • आर्ट फेस्टिबलमा ६२ विद्यार्थी सहभागी

    आर्ट फेस्टिबलमा ६२ विद्यार्थी सहभागी

    7.4K
    Shares

     

    काठमाडौँ । नेपाल ओलम्पिक कमिटीको आयोजनामा बिहीबार भएको आर्ट फेस्टिबलमा विभिन्न १७ स्कुलका ६२ विद्यार्थीले सहभागिता जनाएका छन्।

    चीनको हाङचोउमा हुने एसियाली खेलकुद प्रचार प्रसारका क्रममा आर्ट फेस्टिबलको आयोजना गरिएको हो। विश्व खेलकुदका कुनै ठूलो महोत्सव अगाडि विद्यार्थी सम्मिलित यस्तो महोत्सव आयोजना गर्ने परम्परा छ।

    सोही परम्पराअनुसार हान्जाउमा आयोजना हुन लागेको एसियन गेम्सको सहयोग र साथका लागि आयोजना गरिएको नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष चतुरानन्द राज वैद्यले जानकारी दिए।

    फेस्टिबलमा १७ स्कुलका विद्यार्थीको सहभागिता रहेको हो र यी सबैलाई एक सातापछि प्रदर्शनमा राखिनेछ। यसमा सहभागी हुनेमध्येबाट ब्वाइजतर्फ ५ र गल्र्सतर्फ ५ उत्कृष्ट चयन गरिनेछ। यसलाई ओलम्पिक काउन्सिल अफ एसियामा पठाइनेछ र उसले थप छनोट गर्दै हाङचोउमा हुने प्रदर्शनमा राखिनेछ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend