logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • बैशाख ३० गतेको दिन सार्वजनिक बिदा दिन आयोगको अनुरोध

    बैशाख ३० गतेको दिन सार्वजनिक बिदा दिन आयोगको अनुरोध

    6.2K
    Shares

    काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन हुने बैशाख ३० गतेको दिन सार्वजनिक बिदा दिन सरकार समक्ष अनुरोध गरेको छ । आयोगले स्थानीय तह निर्वाचन हुने २०७९ साल बैशाख ३० गतेका दिन नेपालभर सार्वजनिक बिदा दिन सरकारलाई अनुरोध गरेको हो ।

    बिहीबार आयोगको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहायक प्रवक्ता सुर्य प्रसाद अर्यालले निर्वाचनको दिन नेपालभर सार्वजनिक बिदा दिन मुख्यसचिवमार्फत् नेपाल सरकारलाई अनुरोध गर्ने आयोगले निर्णय गरको बताए ।

    त्यस्तै मतदान केन्द्र रहेको विद्यालयहरुमा बैशाख २८ गतेदेखि ३० गतेसम्म भौतिक रुपमा पठनपाठन बन्द गर्न पनि आयोगले सरकारलाई अनुरोध गरेको छ । त्यसैगरी मतदानस्थल तथा मतदान केन्द्र तोकिएका सार्वजनिक विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी तथा अन्य भवन एवं भौतिक संरचनालाई बैशाख २८ गतेदेखि ३० गतेसम्म प्रयोग गर्न दिन पनि आयोगले संघीय मामिला मन्त्रालयमार्फत् सबै स्थानीय तहसँग माग गरेको छ ।

    सहायक प्रवक्ता अर्यालले निर्वाचन आयोगमा बिहीबार ३ः३० बजेसम्म आएको तथ्यांक अनुसार १ लाख ५३ हजार २ जना उम्मेदवारहरुको मनोनयन दर्ता भएको बताए । यसमध्ये प्रमुखमा ३ हजार ५ सय १०, अध्यक्षमा ३ हजार ३ सय ८७, उपप्रमुखमा २ हजार १ सय ६८, उपाध्यक्षमा २ हजार ४ सय १, वडा अध्यक्षमा ३५ हजार ३ सय ५३, महिला सदस्यमा २६ हजार ५ सय ३२, दलित महिला सदस्यमा २३ हजार ९ सय ३१ र सदस्यमा ५५ हजार ७ सय २० जनाको मनोनयन दर्ता भएको उनले जानकारी दिए । उनले भने – ‘निर्वाचन आयोगको प्रणालीमा दिउँसो ३ः३० बजेसम्म कम्युटरमा प्रविष्ट भएको तथ्यांक अनुसार १ लाख ५३ हजार २ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ । जसमा प्रमुखमा ३ हजार ५ सय १०, अध्यक्षमा ३ हजार ३ सय ८७, उपप्रमुखमा २ हजार १ सय ६८, उपाध्यक्षमा २ हजार ४ सय १, वडा अध्यक्षमा ३५ हजार ३ सय ५३, महिला सदस्यमा २६ हजार ५ सय ३२, दलित महिला सदस्यमा २३ हजार ९ सय ३१ र सदस्यमा ५५ हजार ७ सय २० जनाको मनोनयन दर्ता भएको छ ।’

    आयोगले बिहीबारसम्ममा ७२ जिल्लाका लागि १ करोड ७७ लाख ७५ हजार मत पत्र छपाई गरिसकेको र ३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी गरिसकिएको जानकारी दिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend