logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • केशव स्थापितले ‘मि टु’ बारेमा अराजक जवाफ दिएपछि कार्यक्रममा हंगामा

    केशव स्थापितले ‘मि टु’ बारेमा अराजक जवाफ दिएपछि कार्यक्रममा हंगामा

    5.2K
    Shares

    काठमाडौं । नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापितले ‘मि टु’ बारेमा अराजक जवाफ दिएपछि एउटा कार्यक्रममा हंगामा भएको छ। धुम्बाराहीस्थित नेसनल कलेजले विहिवार आयोजना गरेको ‘स्थानीय चुनावः युवाको आशा र जिज्ञासा’ कार्यक्रममा भावना राउत नामकी विद्यार्थीहरुले स्थापितलाई लागेको ‘मी टु’ आरोपको बारेमा प्रश्न गरेकी थिईन।

    जवाफ दिने क्रममा मेयर उम्मेदवार स्थापित अराजक रुपमा प्रस्तुत भएका थिए । उनी वसिरहेको कुर्सीबाट उठेर प्रश्नकर्तामाथि नै जंगिए। ‘मलाई आरोप लगाइयो । आरोप लगाउनेसँग प्रमाण हुनु पर्छ। यु आर नाइस लेडी तर तपाईको थुतुनो ठिक छैन’– उनले भने।

    रिसले चुर भएका स्थापितले ‘केशव स्थापित रिसको भाडा हो । नरिसाउनु भन्न पाइन्छ’ भन्दै जवाफ दिए । स्थापितले आरोप लागाउने महिलालाई भ्रष्टाचार गरेकाले निकालिएको जवाफ दिए। त्यसपछि राउतले ‘तपाईंमाथि आरोप लागिसकेपछि कि त खण्डन गरेर निर्दोष रहेको प्रमाणित गर्नुप¥यो नभए मेयर जस्तो पदमा बस्ने नैतिकता तपाईंलाई हुन्छरु ’ भनेर सोधेकी थिइन् ।

    त्यसपछि स्थापित उठेर जंगिएका थिए । स्थापित जंगिएपछि होहल्ला भएको थियो। राउतका अनुसार अन्तरक्रियामा सहभागी विवेकशील साझा पार्टीकी मेयर उम्मेदवार समीक्षा बाँस्कोटाले पनि स्थापितको व्यवहारप्रति मञ्चमै आपत्ति जनाइन्।

    चार वर्षअघि काठमाडौं महानगरकै पूर्वकर्मचारी रश्मिला प्रजापति र पत्रकार उज्जला महर्जनले आफूहरूमाथि स्थापितले यौन दुर्व्यवहार गरेर हैरान पारेको आरोप लगाएका थिए।

    आफूमाथि कुनै बेला भएको दुर्व्यवहारबारे विश्वभरका महिलाले आवाज उठाइरहेको त्यो समयमा रश्मिला र उज्जलाले पनि स्थापितबाट भएका यौन दुराचारको घटना बाहिर ल्याएका थिए। विश्वभरिका महिलाहरूले सुरू गरेको उक्त अभियान ‘मिटू’ भनेर चिनिएको थियो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend