logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • ट्युसन सेन्टर खोल्ने भन्नेलाई एमालेभित्र भर्खर परीक्षा पास गरेका साथीसँग भिडाइ दिन्छु: अध्यक्ष ओली

    ट्युसन सेन्टर खोल्ने भन्नेलाई एमालेभित्र भर्खर परीक्षा पास गरेका साथीसँग भिडाइ दिन्छु: अध्यक्ष ओली

    8.9K
    Shares

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको स्थानीय निर्वाचन घोषणापत्रमा वहसका लागि आउन चुनौति दिएका छन् । उनले नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाप्रति लक्षित गर्दै ट्युसन सेन्टर खोल्ने भन्नेलाई भर्खर परीक्षा पास गरेका साथीहरुसँग एमालेभित्र पनि भिडाइदिने बताए ।

    जब चाहियो भने बालकोट आउन र ट्युसन खोल्न आउनेभए ठाउँ मिलाइदिने बताए । उनले नेपाली काँग्रेसलाई कुहिरोको काग भएको बताउँदै पार्टीहरुले महिला भनेर श्रीमती र छोरी उठाएको बताए ।

    अध्यक्ष ओलीले भने, ‘नेकपा एमालेको स्थानीय निर्वाचनको घोषणापत्रको बिरुद्धमा कोही बहसमा आउँछ भने आउनुस् स्वागत गर्दछौँ । कोही ट्युसन क्लास चलाउँछु भन्नेहरु पनि तयार छन् भने हामी पनि यसो, हाम्रा लागि त्यो ठूलो कुरा भएन, भर्खर भर्खर पास गरेका भाइबहिनीहरु थुप्रो छन् यस्तो ट्युसन क्लासवालाहरुस्ँग मुकाबिला गर्ने भिडाइदिउँला केही छैन । तर हामी वहस गर्न तयार छौँ । नेपाली काँग्रेस विचार शुन्य, गन्तव्य हीन, विचारको हिसावले कुहिराको काग हो । कुहिराका कागको उद्देश्य भनेको पेट भर्ने हो । नेकपा एमाले कसैका छोरी,बुहारी काँधमा बोकेर हिँडेको पार्टी होइन, नातावादी कृपावादी पार्टी होइन । कसैले महिला उम्मेदवार दिएँ भन्छ होला श्रीमती उठाउँदा महिला त परिहाल्छ नि । छोरी उठाएपछि महिला त परिहाल्छ नि ।’

    अध्यक्ष ओलीले नेकपा एमालेले नै महिलाको अस्थित्वको रक्षा गरेको बताए । उनले नेपाली काँग्रेसले १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा अध्ययन तथा छानबिन गर्न नेपाली काँग्रेसले गर्न नदिएको बताए ।

    अध्यक्ष ओलीले भने, ‘मी टू के केही जवाफ हुन्छ, चुनाव आयो कि मिटू । म एउटा कुरा के भन्छु भने महिला अस्मिता, अधिकारको सम्बन्धमा, सुरक्षाको सम्बन्धमा नेकपा एमाले जति सजग अरु कोही पनि छैन । निर्मला पन्तको बलात्कार र बलात्कारपछि हत्याकाण्ड भयो । त्यसको छानबिन गर्न नदिएर त्यसबेला प्रमुख प्रतिपक्षमा रहेको नेपाली काँग्रेसले छानबिन गर्न नदिने अगुवाइ ग¥यो । उता सडकमा छानबिन होस् भन्ने भित्र छानबिन गर्न नदिने । नेपाली काँग्रेसको सरकार छ, गृहमन्त्रालय सम्हालेको छ, काँग्रेसकै गृहमन्त्री हुनुहुन्छ । ९÷ १० महिना कानमा तेल हालेर बस्नुभयो । आज के गर्दै हुनुहुन्छ ? छानबिन गर्नुस् न अहिले । किन गर्नुहुन्न । अहिले हामी छानबिन गर्न दिन्छौ । त्यतिबेला दिएको थिएन ।’

    याे पनि :


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend