बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

नेपाली कांग्रेसका कार्यकर्ताद्वारा गन्डकीको पार्टी कार्यालयमा तोडफोड

नेपाली कांग्रेसका कार्यकर्ताद्वारा गन्डकीको पार्टी कार्यालयमा तोडफोड

कास्की । नेपाली कांग्रेसका कार्यकर्ताले पार्टी कार्यालय तोडफोड गरेका छन् । पोखरा महानगरपालिका–३ तेर्सापट्टिमा रहेको पार्टी कार्यालयमा कार्यकर्ताले तोडफोड गरेका छन् ।

कार्यालय बाहिर नाराबाजी गर्दै तोडफोड गरेको आरोपमा कास्की प्रहरीले २३ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।

पोखराका सबै वडामा उम्मेदवारी दिएको कांग्रेसले फेरि गठबन्धन गरेर वडा बाँडफाँट गर्न लागेको भन्दै पोखरा कांग्रेस कार्यकर्ताहरुले आन्दोलन गरेका थिए ।

बाँडफाँटका लागि छलफलमा कांग्रेसले केही वडा गुमाउने भएपछि आक्रोसित कांग्रेस कार्यकर्ताले नाराबाजी र तोडफोड गरेका हुन् ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend