logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • म्यादी प्रहरी साथीको कोठामा मृत फेला

    म्यादी प्रहरी साथीको कोठामा मृत फेला

    4.9K
    Shares

    सिमकोट । हुम्ला सदरमुकाम सिमकोटमा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ ।

    सिमकोट माथिल्लो बजारस्थित साथीको कोठामा पुगेका एक जना म्यादी प्रहरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए ।

    सर्केगाड गाउँपालिका–६ घर भई हाल सिमकोटमा रहेका अन्दाजी ४५ वर्षीय जसबहादुर रोकायाको मृत्यु भएको ओझाले बताए ।

    उनी साथीको कोठामा मृत फेला परेका थिए । झ्याल(ढोका बन्द रहेको र उनी भुईँमा मृत फेला परेको ओझाले बताए । घटनाबारे कारण खुल्न सकेको छैन ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend