logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • बागी उम्मेदवारलाई फकाउन भरतपुर पुगेका गृहमन्त्री र राज्यमन्त्री काठमाडौं फिर्ता

    बागी उम्मेदवारलाई फकाउन भरतपुर पुगेका गृहमन्त्री र राज्यमन्त्री काठमाडौं फिर्ता

    5.9K
    Shares

    चितवन । भरतपुर महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललाई उम्मेदवारी फिर्ताका लागि फकाउन भरतपुर पुगेका दुई मन्त्री काठमाडौं फर्किएका छन् ।

    गृहमन्त्री बालकृष्ण खाँण र प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ शुक्रबार दिउँसो बुद्ध एयरको विमानबाट काठमाडौं फर्किएका हुन् ।

    गृहमन्त्री खाँण वैशाख १४ गते र राज्यमन्त्री श्रेष्ठ १५ गते भरतपुर आएका थिए । उनीहरुले वैशाख १५ गते स्वतन्त्र उम्मेदवार पौडेललाई घरमा नै गएर भेटेका थिए ।

    काठमाडौं फर्कने क्रममा भरतपुर विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै गृहमन्त्री खाँणले उम्मेदवार पौडेलले विवेकसम्मत निर्णय लिने बताए ।

    निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन पाउने समय शुक्रबार साँझ ५ बजेसम्मलाई तोकेको छ ।
    भरतपुरमा रहँदा मन्त्री खाँणले कांग्रेस केन्द्रीय सदस्य, पूर्व पार्टी सभापतिसहितका नेताहरुलाई भेटेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend