logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • विदेशीले पनि नेपाली नागरिकले सरह हवाइ भाडा तिर्नुपर्छ : मन्त्री आले

    विदेशीले पनि नेपाली नागरिकले सरह हवाइ भाडा तिर्नुपर्छ : मन्त्री आले

    3.6K
    Shares

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपालमा विदेशी नागरिकहरुले पनि नेपालीले सरह हवाइ भाडा भुक्तानी गर्ने वातावरण बनाउनु पर्ने आवश्यकता रहेको बताएका छन् । शुक्रवार पर्यटन पुनरुत्थान कार्यविधि २०७८ ग्रहण गर्दै मन्त्री आलेले यस्तो बताएका हुन् । उनले नेपालीहरु विदेशमा जाँदा त्यहाँका नागरिकसरह नै भाडा तिर्ने गरेको भन्दै नेपालमा पनि विदेशीलाई नेपालीसरह भाडादर कायम गर्न आवश्यक रहेको बताए ।

    उनले नेपालका लागि इजरायलका राजदूत हनान ओदारसँगको भेटमा राजदूत ओदारले भाडा समान नभएको गुनासो गरे । मन्त्री आलेले राजदूतसँगको भेटमा अहिले कोरोनाको मारमा रहेकोले तत्काल सो समस्या सम्बोधन गर्न नसकिने जानकारी गराए । मन्त्री आलेले आन्तरिक वायुसेवा कम्पनीहरुलाई टिकट बिक्री गरेअनुसारकै समयमा उडान भर्न पनि निर्देशन दिनुभयो ।

    पर्यटनमन्त्री आलेले भन्नुभयो, ‘दुई महिनाजति भयो होला हाम्रो इजरायलको राजदूत हेलन ओदार आउनुभएको थियो । मैले आधा घण्टाजति भेटघाट गरेको थिएँ । मैले उहाँलाई नेपाल फर ओपन फर टुरिस्ट भनेँ । यू प्लिज साइन फर टुरिस्ट टू आवर कन्ट्री नेपाल भन्दा, मिनिस्टर हाउ इट विल बि पोशिबल यू आर पेइङ इन द एयरलाइन्स, यू आर पे द वल्ली टू थाउजेन्ट, विआर पेइङ ८ थाउजेन्ट, भने उनले ।

    त्यस्तै मन्त्री आलेले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा शौचालय व्यवस्थापनको लागि प्रधानमन्त्रीसहित गृह र अर्थमन्त्रीलाई बारम्बार ताकेता गर्दापनि सुनुवाई नभएको बताए । उनले विमानस्थलमा आउने विदेशी पर्यटकहरु शौचालय जाँदा मुख छोपेर जानुपर्ने बाध्यता रहेको स्पष्ट पारे ।

    उनले गृह मन्त्रालय अन्तर्गत रहेको अध्यागमन विभाग र अर्थ मन्त्रालय अन्तर्गत रहेको भन्सार विभागले गर्दा हरेक पर्यटकहरु विमानस्थलमा दुई घण्टा लाइनमा उभिनु पर्ने तथा एटिएमबाट डलर निकाल्ने कामलाई बिगार्ने कामहरु भएको बताए । मन्त्री आलेले यस्ता किसिमका क्रियाकलापले पर्यटन मन्त्रालयको बदनाम भएको बताए ।

    उनले सरकार गठन भएको ९ महिना बितिसक्दा समेत पर्यटन,अर्थ र गृह मन्त्रालयबीच अहिलेसम्म समन्वय हुन नसकेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend