बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

पोखरामा कांग्रेसका २ जना बागीको उम्मेदवारी फिर्ता, कार्की भने कायमै

पोखरामा कांग्रेसका २ जना बागीको उम्मेदवारी फिर्ता, कार्की भने कायमै

पोखरा । पोखरा महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका तीन जनामध्ये एक जनाले उम्मेदवारी कायम राखेका छन् ।

बागी उम्मेदवारी दिएका ऋषिराम सापकोटा र नन्दप्रसाद तिवारीले उम्मेदवारी फिर्ता लिए भने विमल कार्कीले भने उम्मेदवारी कायम राखेका छन् । निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिने समय शुक्रबार अपरान्ह ५ बजेसम्मको लागि तोकेको थियो ।

अहिले पोखरा महानगरपालिकाको निर्वाचन कार्यालयले दावी विरोध फिर्ता लिने समय सकिएको भन्दै मुख्य गेट बन्द गरिसकेको छ । तर ५ बजेसम्म कार्की उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिएनन् ।

सापकोटा र तिवारीले भने आफूहरुले गठबन्धनको विरुद्धमा उम्मेदवारी दिए पनि अन्तिममा पार्टी अनुशासन मानेर उम्मेदवारी फिर्ता लिएको प्रतिक्रिया दिएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend