logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • निर्वाचन मर्यादित बनाउन राजनीतिक दलको भूमिका महत्वपूर्ण हुन्छ : प्रमुख आयुक्त थपलिया

    निर्वाचन मर्यादित बनाउन राजनीतिक दलको भूमिका महत्वपूर्ण हुन्छ : प्रमुख आयुक्त थपलिया

    4.8K
    Shares

    काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन सुरक्षित, भयरहीत, व्यवस्थित र मर्यादित बनाउन राजनीतिक दलहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् । शुक्रबार राष्ट्रिय तथा जिल्लास्तरका पर्यवेक्षकहरुको लागि अन्तरक्रिया र अभिमूखीकरण कार्यक्रममा उनले संयमित भएर राजनीतिक दल र उम्मेदवारहरुले स्थानीय तह निर्वाचनलाई व्यवस्थित र पारदर्शी बनाउन सहयोग गर्नुपर्नेमा जोड दिएका हुन् ।

    उनले प्रचारप्रसारका सामग्रीहरु बनाउँदा पनि आरोप, प्रत्यारोप र अवाञ्छित गतिविधिका सामग्रीहरु प्रशारित गर्न नहुनेतर्फ पनि सचेत गराए । प्रमुख निर्वाचन आयुक्त थपलियाले स्थानीय तह निर्वाचनमा राजनीतिक दलहरुले मतपत्र कडा कागजमा छापिएकोले च्यात्छु र चपाउँछु भन्ने सोच नराख्न आग्रह गरे ।

    उनले विगतमा भएका गल्तीका कारण निर्वाचन आयोगमाथि बत्ती निभ्छ कि निभ्दैन जस्ता आरोपहरु लागिरहेको भन्दै लोकतन्त्रमा विश्वास गरेर उम्मेदवारी दिने दल र उम्मेदवारहरुलाई मतपत्र च्यातेर र चपाएर जित्छु भन्ने सोचबाट मुक्त हुन आग्रह गरे ।

    प्रमुख आयुक्त थपलियाले यस वर्ष आयोगले निर्वाचनको तयारी गरिरहँदा निर्वाचनको समयमा उम्मेदवारीमा लचकता अपनाउने र प्रचारप्रसारमा कठोरतालाई नछोड्ने संकल्प लिएको बताए । उनले आयोगले स्थानीय तह निर्वाचनका लागि गरिएका उम्मेदवारी दर्ताले स्थानीय तहमा निर्वाचित हुनुपर्छ र नेतृत्व गर्नुपर्छ भन्ने भावना नागरिकमा देखिएको महशुस भएको बताए ।

    प्रमुख आयुक्त थपलियाले भने, ‘यो पल्ट हामीले निर्वाचनको तयारी गरिरहँदा हामीले निर्वाचनको समयमा उम्मेदवारीमा लचकता अपनाउँछौँ र प्रचारप्रसारमा कठोरतालाई छोड्दैनौँ । हिजोसम्मको अवस्थाले जुन व्यापक ढंगले उम्मेदवारी भएको छ, यसले स्थानीय तहप्रतिको त्यहाँ नेतृत्व गर्नुपर्छ, त्यहाँ निर्वाचित हुनुपर्दछ भन्ने आम जनतामा, नागरिकमा त्यो भावना स्पष्ट भएको हामीले महशुस गरेका छौँ । अब हामीले त्यसलाई जगेर्ना गर्नुपर्ने अवस्था छ । केही प्रश्न सम्मानित व्यक्तित्वहरुबाट पनि उठेका छन् । बत्ती निभ्छ कि निभ्दैन रु अब सबै स्वीचमा आयोगको हात हुँदैन । कहाँ कसले के गर्छ हामीले हेरिराखेका त हुन्छौँ, तै पनि मैले सिधा भाषामा के भन्ने गरेको छु भने आदरणीय लोकतन्त्रप्रेमी महानुभावहरु विशेष गरेर यो लोकतन्त्रलाई विश्वास गरेर उम्मेदवारी दिने राजनीतिक दल र उम्मेदवारहरु, यत्ति कुरा हेक्का राखिदिनुहोस्, यो वर्षको मतपत्र अलिकति कडा कागजमा छापिएको छ, त्यसकारण यसलाई च्यात्ने र चपाउने सोचबाट मुक्त भइदिनुहोस् । यो अनुरोध हो । छाप्दै त्यसैगरी छापेको हो । यो कुरा बुझिदिनुभयो भने आगामी दिनमा यस्ता प्रश्न उठ्दैनन् ।’

    प्रमुख निर्वाचन आयुक्त थपलियाले विभिन्न राजनीतिक दलका नेताहरुले स्वतन्त्र उम्मेदवारी दिँदा धम्की, त्रास र चेतावनी दिएको गोप्य सूचना आइरहेको भन्दै त्यो सैह्य नहुने बताए । उनले लोकतन्त्रलाई विश्वास गरेर निर्वाचनमा गएको हो भने लोकतन्त्रमा चुन्ने र चुनिन पाउने अधिकारलाई कुनैपनि हालतमा कुण्ठित गर्न नमिल्ने स्पष्ट पारे ।

    प्रमुख आयुक्त थपलियाले कुनैपनि किसिमको दबाव, त्रास, प्रलोभन, कुनैपनि किसिमको कारबाहीको धम्की वा शक्तिको प्रयोग गरेर उम्मेदवारमाथि दबाव दिए लोकतन्त्र बिरोधी गतिविधि हुने बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend