logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • भरतपुरका बागी उम्मेदवार पौडेलको चुनाव चिन्ह भुँईकटहर

    भरतपुरका बागी उम्मेदवार पौडेलको चुनाव चिन्ह भुँईकटहर

    14.3K
    Shares

    काठमाडौं । गठबन्धन विरुद्ध भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका जगन्नाग पौडेलले भुईकटहर चुनाव चिन्ह पाएका छन् ।

    निर्वाचन आयोगले चुनावमा भाग लिएका उम्मेदवारलाई आज चुनाव चिन्ह दिएको छ । जसमा भरतपुरका बागी उम्मेदवारले भुईकटहर चुनाव चिन्ह पाएका हुन् ।

    पौडेलले भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसलाई मेयरको टिकट दिनुपर्ने अडान राखेको थियो तर केन्द्रीय समितीले माओवादी नेतृ रेनु दाहाललाई टिकट दिएपछि भरतपुर कांग्रेसको असन्तुष्ट पक्षले पौडेललाई बागी उठाएको हो ।

    यता नेपाली कांग्रेस केन्द्रीय समितीले बागी उम्मेदवारी दिएको भन्दै पार्टीबाट निष्काशन गरेको छ । कांग्रेसका नेता पौडेलले मेयरमा बागी उम्मेदवारी दिएपछि कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, सत्तासाझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फोन गरेर उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए ।

    पौडेलले नमानेपछि प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाणलाई भरतपुर पठाएका थिए । तर पौडेललाई मनाउन नसकेपछि गृहमन्त्री खाण हिजो काठमाडौं फर्किएका हुन् ।

    पौडेल २०४९ सालको स्थानीय चुनावमा तत्कालिन भरतपुर नगरपालिकाको उपमेयरमा कांग्रेसबाट विजयी बनेका थिए । ७० वर्षिय अधिवक्ता समेत रहेका पौडेल राष्ट्रिय सभा सदस्य समेत भइसकेका व्याक्ति हुन् ।

     

     

     


    सगुन चपाईँ
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend