काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले लौरो चुनाव चिन्ह पाएका छन् ।
निर्वाचन आयोगले चुनावमा भाग लिएका उम्मेदवारलाई आज वैशाख १७ गते चुनाव चिन्ह दिने कार्यतालिका थियो ।
जसमा काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेनले लौरो चुनाव चिन्ह पाएका हुन् ।
बालेन स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेदेखिनै निरन्तर चर्चामा छन् । उनले ९० हजार ८३५ मत ल्याएर चुनाव जित्ने दाबी गर्दै आएका छन् ।