बझाङ । बझाङको छबिस पाथिभेरा गाउँपालिका–७ को लागी वडाअध्यक्षका स्वतन्त्र उम्मेदवार बिजय धामीले गुलाफ चुनाव चिन्ह पाएका छन् । निर्वाचन आयोगले चुनावमा भाग लिएका उम्मेदवारलाई आज वैशाख १७ गते चुनाव चिन्ह दिने कार्यतालिका थियो ।
जसमा छबिस पाथिभेरा गाउँपालिका ७ को वडाअध्यक्षका स्वतन्त्र उम्मेदवार बिजयले गुलाफ चुनाव चिन्ह पाएका हुन् ।
बिजय स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेदेखिनै निरन्तर चर्चामा छन् ।