logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • सरकारले विज्ञापन बोर्डमा सूचिकृत नभएका सञ्चार माध्यमलाई विज्ञापनको कारोबार गर्न नदिने

    सरकारले विज्ञापन बोर्डमा सूचिकृत नभएका सञ्चार माध्यमलाई विज्ञापनको कारोबार गर्न नदिने

    10.3K
    Shares

    काठमाडौं । सरकारले विज्ञापन बोर्डमा सूचिकृत नभएका सञ्चार माध्यामहरुलाई विज्ञापनको कारोबार गर्न नदिने भएको छ । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले आगामी साउन १ गतेदेखि लागू हुनेगरी सो व्यवस्था गर्न लागिएको बताएका हुन् ।

    त्यसका लागि बोर्डले तत्काल सबै सञ्चार माध्यामहरुको सूचिकरण गर्ने कामलाई अघि बढाउने योजना बनाएको छ । बोर्डमा सूचिकृत भएका विज्ञापन एजेन्सीहरुले मात्रै विज्ञापनको कारोबार गर्न पाउने व्यवस्था पनि गर्न लागिएको अध्यक्ष हुँमागाईले बताए । बोर्डले शुक्रबार र शनिबार (हिजो र आज) काठमाडौंमा आयोजना गरेको विज्ञापन सम्बन्धि तालिम कार्यक्रममा बोल्दै उनले भने, ‘विज्ञापन बोर्डले निकट भविष्यमा नै सञ्चार माध्यामहरुको सूचिकरण गर्ने, सञ्चार माध्यामहरुलाई वर्गीकरण गर्ने र सञ्चार माध्यामहरु विज्ञापन बोर्डमा सूचिकरण नभई विज्ञापनको कारोबार गर्न नपाउने एउटा व्यवस्था गर्दैछौं भने अर्को विज्ञापन एजेन्सीहरु पनि विज्ञापन बोर्डमा सूचिकरण हुनुपर्ने र सूचिकरण भएपछि मात्रै विज्ञापनको कारोबार गर्न पाउने गरी हामी व्यवस्थापन गर्दैछौं । यी व्यवस्थाहरु आगामी साउन १ गतदेखि लागू हुनेछन ।’

    बोर्डले विज्ञापन बजारलाई पारदर्शी बनाउन, विज्ञापन व्यवसायमा संलग्नहरुलाई दक्ष बनाउन सो तालिम संचालन गर्नु परेको पनि स्पष्ट पारेको छ । बोर्डले आगामी वर्ष विज्ञापन बजारको अनुसन्धान गरी उनीहरुको साईज एकीन गर्ने, आम सञ्चार माध्यामहरुको लोकप्रियताको समेत एकीन हुने गरी रिसर्चको काम सम्पन्न गरी त्यसलाई सार्वजनिक गर्ने योजना पनि तय गरेको छ ।

    विज्ञापन बोर्डले हाल तर्जुमा गरिएको विज्ञापन ऐनलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न पनि विज्ञापन व्यवसायमा संलग्नहरुलाई त्यस सम्बन्धि तालिम दिने कामलाई निरन्तरता दिन लागिएको जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend