logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • ठुलो रुखको सट्टामा सानो रसिलो भुइँकटहर : भरतपुरका स्वतन्त्र उम्मेदवार पौडेल

    ठुलो रुखको सट्टामा सानो रसिलो भुइँकटहर : भरतपुरका स्वतन्त्र उम्मेदवार पौडेल

    8.2K
    Shares

    काठमाडौं । भरतपुर महानगरपालिका मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले रुखको सट्टामा सानो रसिलो रुख आएको बताएका छन् । आज चुनाव चिन्ह भइँकटहर चिह्न प्राप्त गरेपछि बिपीको फोटोमा माल्यार्पण गरी चुनाव प्रचारप्रसार गर्ने क्रममा सञ्चारमाध्यमलाई प्रतिक्रिया दिदै उम्मेदवार पौडेलले यस्तो बताएका हुन् ।

    उनले रुखको सट्टामा सानो रसिलो रुख चुनाव चिह्न पाएकोमा खुसी लागेको प्रतिक्रिया दिए । भरतपुरमा पौडेलले नेपाली कांग्रेंसको झण्डा बोकेर चुनाव प्रचारप्रसार गर्दै आएका छन् । बिपीको शालिकलाई साक्षी राखेर भरतपुरलाई भ्रष्टाचारमुक्त समृद्ध सहर बनाउने संकल्प गरेको उनले बताए ।

    पौडेललाई मेयर बन्न प्रस्ताव गरेका कांग्रेस चितवनका पूर्वसभापति कृष्णलाल सापकोटाले पार्टीको कारबाहीले आफू विचलित नभएको बताए । उनले जनताले स्वतन्त्रतापूर्वक मतदान गर्न पाउनु लोकतन्त्र भएको भन्दै पार्टीले सत्ताको लोभमा माओवादीसँग गठबनधन गरेर हुकुम लादेको आरोप लगाए ।

    पूर्वसांसद भीमबहादुर श्रेष्ठले राजनीति सेवा हो भन्ने प्रतिबद्धताका साथ बिपी कोइरालाको अगाडि उभिएर विचलित नहुने कसम खाएको बताए । शुक्रबार उम्मेदवारी फिर्ता नगरेपछि मेयरका उम्मेदवार पौडेल, प्रस्तावक सापकोटा र समर्थक कांग्रेसकी महासमिति सदस्य मिना खरेल स्वतः निलम्बनमा परेका छन् ।

    पाँच दलीय गठबन्धनले भरतपुरको मेयर माओवादी केन्द्रलाई दिनेगरी भागबण्डा गरेपछि नेपाली कांग्रेस चितवनमा ठूलो असन्तुष्टि देखिएको थियो । त्यो असन्तुष्ट समूहको प्रतिनिधित्व गर्दै पौडेलले भरतपुरको मेयरमा उम्मेदवारी दिएका थिए ।

    उनको उम्मेदवारी फिर्ता गर्न कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सहित सरकारका प्रभावशाली मन्त्रीहरू नै सक्रिय भएका थिए। तर पौडेल उम्मेदवारी फिर्ता लिन नसक्ने अडानमा थिए।

    भरतपुरको मेयरमा गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाल र नेकपा एमालेबाट विजय सुवेदी उम्मेदवार छन्। ३० जनाले मेयरका लागि उम्मेदवारी दिएकोमा बिहीबार ३ जनाले फिर्ता लिएका थिए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend