बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

चुनाव चिन्ह ‘लौरो’ खोसिएपछि ‘अटेरी’का गणेशले भने: ‘दलीय दादागिरी भयो’

चुनाव चिन्ह ‘लौरो’ खोसिएपछि ‘अटेरी’का गणेशले भने: ‘दलीय दादागिरी भयो’

काठमाडौं । पोखरा महानगरपालिकाबाट मेयरको लागि स्वतन्त्र उम्मेदवार उठेका गनेश पौडेललाई दिइएको चुनाव चिन्ह लौरो खोसिएको छ । आजै बिहान निर्वाचन कार्यालयले प्रदान गरेको चुनाव चिन्ह खोसिएपछि निर्वाचन अधिकृतको कार्यालय पुग्नुभएका गनेशले दलगत षड्यन्त्रका कारण आफ्नो चुनाव चिन्ह खोसिएको बताएका छन् ।

स्वतन्त्र उम्मेदवारी दिएका गनेशले आफूले चुनाव चिन्ह देशैभरि एकरुपता हुने हिसाबले लिएको तर त्यो एकरुपतालाई खण्डित गर्ने काम निर्वाचन अधिकृतको कार्यलयले गरेको भन्दै विरोध जनाएका छन् । अटेरी अभियान चलाइरहेका पौडेलले आफ्नो फेसबुक अकाउन्ट मार्फत लाइभ गर्दै राजनीतिले निर्वाचन आयोगलाई पनि प्रभावित पारेको बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend