मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

आगामी स्थानीय निर्वाचन एमालेले जित्नैपर्छ, यो निर्वाचन होइन, लडाइँ हो: उपाध्यक्ष पोखरेल

आगामी स्थानीय निर्वाचन एमालेले जित्नैपर्छ, यो निर्वाचन होइन, लडाइँ हो: उपाध्यक्ष पोखरेल

काठमाडौं । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी स्थानीय निर्वाचन एमालेले जित्नैपर्ने बताएका छन् । एमाले पोखरा महानगर निर्वाचन परिचालन कमिटीले शनिबार आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा घोषणा–पत्र सार्वजनिक कार्यक्रममा पोखरेलले सामान्य निर्वाचनको रूपमा मात्र नलिन आग्रह गरेका हुन् ।

‘यो निर्वाचन सामान्य निर्वाचन होइन । यो लडाइँ हो,’ उनले भने, ‘यो लडाइँको नेतृत्व एकातिर एमाले र अर्कोतिर गठबन्धनकारी शक्ति खडा भएका छन् । यो लडाइँ एमालेले जित्नुपर्छ ।’

एमालेले मुलुकमा राजनीतिक स्थायित्व, आर्थिक विकास र समृद्धिको वकालत गर्ने भएकाले चुनाव जित्नुपर्ने उनको दाबी छ । एमालेका उम्मेदवारका विषयमा समीक्षा हुन सक्ने भन्दै उनले निर्वाचन सकिएपछि छलफल हुन सक्ने बताए ।

कार्यक्रममा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले विगतका मनमुटाव बिर्सेर एकताबद्ध भएर लाग्न कार्यकर्तालाई आग्रह गरे ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend