logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • खोसिएको अटेरी समूहको चुनाव चिन्ह ‘लौरो’ फेरि दिइयो

    खोसिएको अटेरी समूहको चुनाव चिन्ह ‘लौरो’ फेरि दिइयो

    4.1K
    Shares

    पोखरा । मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका खड्गराज (गनेस) पौडेललाई बिहान साढे १० बजे सूची दिएर कुनै एक चुनाव चिह्न छान्न लगायो । अन्य स्वतन्त्र उम्मेदवारले चुनाव चिह्न छानिसकेपछि ‘अटेरी समूह’ का पौडेलले ‘लौरो’ छाने । समूहअन्तर्गत वडामा स्वतन्त्र उम्मेदवारी दिएकाले पनि चुनाव चिह्न ‘लौरो’ पाए । उम्मेदवारले प्रचारप्रसार सुरु गरे ।

    दिउँसो ४ बजे निर्वाचन कार्यालयले पौडेललाई फोन गरेर ‘लौरो’ दिन नसकिने बतायो । स्थानीय तह निर्वाचन निर्देशिका २०७८ को अनुसूची २७ बमोजिम ७ चुनाव चिह्न मात्रै कास्कीका लागि दिएको कार्यालयले सूचना दियो । लौरो आठौं नम्बरमा थियो । बिहान दिएको चुनाव चिह्न दिउँसो खोसिएपछि ‘अटेरी समूह’ ले निर्वाचन कार्यालय घेराउ गरे । समूहको दबाबपछि निर्वाचन कार्यालयले पुन– लौरो नै कायम गर्‍यो ।

    मेयरका उम्मेदवार पौडेलले अभियानबाट त्रसित दलको प्रभावमा ‘लौरो’ चिह्न दिन नखोजिएको आरोप लगाए । ‘काठमाडौंमा बालेनले लौरो पाए, अन्यत्र पनि स्वतन्त्र उम्मेदवारले लौरो लिएका छन्,’ उनले भने, ‘स्वतन्त्र उम्मेदवारका एक खालको लहर आउने देखेपछि राजनीतिक दलकै दबाबमा एकैखाले चनाव चिह्न दिन खोजिएको थिएन । अहिले निर्वाचन कार्यालयले आफ्नो गल्ती सुधार गर्‍यो ।’ उनले चुनाव चिह्न पाइसकेपछि प्रचारप्रसार समेत सुरु गरिसकेको बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend